Logo

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाको १ लाख ७० हजार नजिक



काठमाडौं, कार्तिक ११ । साताको पहिलो कारोबारको दिन आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो । आज छापावाल सुनको मूल्य तोलामा १४ सय रुपैयाले बढेर एक लाख ६७ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ६६ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला २ हजार ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला २ हजार ७० रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस्