Logo

माओवादीलाई प्रधानमन्त्री ओलीको जवाफ : हतियार बिसाउन लगाउन चाहीँ हामीले जानेका छौं



काठमाडौं, ११ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले हतियार बिसाएकोमात्रै हो चलाउन बिर्सिएको छैन भनेर धम्की नदिन माओवादीलाई चेतावनी दिएका छन् । आज (आइतबार) काठमाडौंमा आयोजित एनआरएनए सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

हिजोमात्रै काठमाडौंमा आयोजित माओवादीको खबरदारीसभामा नेता रामेश्वर राय यादवले आफूहरुले हतियार बिसाएको मात्रै हो चलाउन बिर्सिएको छैन भनेर भाषण गरेका थिए । त्यसको जवाफमा प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

उनले भने,‘हिजो एकजना उफ्रि उफ्रिकन भाषण गर्दै थिए, हिजोमात्रै मैले देखेको थिएँ । हतियार बिसाएको मात्रै हो, भ्रम नरहोस चलाउन बिर्सिएके छैन भनेर भाषण गर्दै थिए । त्यस्तै त्यस्तै त हामी हुनु भएन नि, धम्क्याएका भरमा खाने ? हतियार कसरी बिसाउन लगाउनुपर्छ भन्ने तरिका पनि हामीलाई थाहा छ नभनौं । हामी हतियार चलाउन त चलाउँदैनौं तर बिसाउन चाहीँ लगाउन जानेका छौं ।’



प्रतिक्रिया दिनुहोस्