Logo

कुलमानलाई मन्त्रालयमा तान्ने सरकारको तयारी, उर्जामन्त्री खड्काले थाले तयारी



काठमाडौं, ११ कार्तिक । सरकारले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई विभागीय कारबाही गर्ने भएको छ । सरकारको निर्देशनको अवेज्ञा गरेको भन्दै उनलाई मन्त्रालयमा तान्नेगरि तयारी थालिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा उर्जामन्त्री दीपक खड्काले कुलमानलाई मन्त्रालयमा नै तान्नेगरि तयारी थालेको मन्त्रालयनिकट उच्च स्रोतको दाबी छ । पछिल्लो समय प्राधिकरणका प्रवन्ध निर्देशक घिसिङ र सरकारबीच विवाद चुलिएको छ ।

सरकारले विद्युतको बक्यौता बाँकी भएका उद्योगको लाईन काट्नुमात्रै समस्याको समाधान नभएको भन्दै घिसिङलाई केही समय पर्खन भनेको थियो । तर, घिसिङले सोबारे सरकारबाट लिखित निर्देशन माग गरेका थिए । कुलमानलाई जसरी पनि जिम्मेवारीबाट हटाउनुपर्ने पक्षमा प्रधानमन्त्री ओली पुगेका छन् ।

यसबारेमा उनले सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगपनि सहमति लिईसकेका छन् । देउवाले पनि सरकारलाई जे गर्दा सहज हुने हो त्यही गर्न भनेको बुझिएको छ । file photo



प्रतिक्रिया दिनुहोस्