Logo

प्रधानमन्त्री ओलीले किन निकाले भारतीय नाकाबन्दी र आफू सरकारबाट हटेको कुरा ?



काठमाडौं, ११ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय नाकाबन्दीको सामना गर्दा आफू सरकारबाट बाहिर पुगेको भएपनि अहिले निर्वाचनको माध्यमबाट सिंहदरबारको मूल ढोकाबाट सत्तामा आएको बताएका छन् ।

आज (आइतबार) काठमाडौंमा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनले आयोजना गरेको ‘राष्ट्रिय सुरक्षा र विकासमा पूर्व सुरक्षाकर्मीहरुको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । प्रधानमन्त्री ओली बेला बेलामा भारतीय नाकाबन्दीको कुरा कोट्याईरहन्छन् ।

यस्तै, उनले आजको सम्बोधनमा पनि भारतीय नाकाबन्दीको सामना गर्दा आफू सरकारबाट बाहिर पुगेको स्मरण गराए । उनले भने,‘नाकाबन्दीको सामना गर्दा हामी सरकारबाट बाहिर पुग्यौँ होला तर हामी कुनै छलछाम नगरी जस्केलाबाट नभई निर्वाचनका माध्यमबाट सिंहदरबारको मूल ढोकाबाट सत्तामा आउँछौँ भनेको थियौँ र आयौँ पनि, एमाले र नेपाली काँग्रेससहित मिलेर बनेको यो सरकार राष्ट्रिय एकताको भावनाको रक्षा र देशको हितका लागि पूर्ण कटिबद्ध भएर काम गरिरहेका छ ।’ file photo



प्रतिक्रिया दिनुहोस्