Logo

आइसिसी विश्वकप लिग-२ : अमेरिकासँग नेपाल तीन विकेटले पराजित



काठमाडौं, कात्तिक १२। नेपाल आइसिसी विश्वकप लिग–२ मा अमेरिकासँग तीन विकेटले पराजित भएकोछ । अमेरिकाको टेक्ससस्थित ग्रान्ड पिएरे मैदानमा आइतबार राति भएको खेलमा जितका लागि दुईसय ८७ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९.४ ओभरमा सात विकेटको क्षतिमा दुई सय ९१ रन जोड्दै पूरा गरेको हो ।

अमेरिकाको जितमा ओपनर शयान जहाजिंगरले सर्वाधिक एक सय चार रन बनाए । उनले ९७ बलमा १२ चौका र चार छक्काको सहयोगमा सतकीय पारी खेले। कप्तान मोनांक पटेलले ६२, हरमित सिंहले ५७, शाड्ली भान सालवेकले अविजित २९, साइतेजा मुकामल्ला र जसदीप सिंहले समान ११ रन बताए।

बलिङ्मा नेपालका कुशल भुर्तेलले चार विकेट लिए । उनले ६ ओभरमा २३ रन खर्चिनु भएको थियो । यस्तै सोमपाल कामीले दुई तरा ललित राजवंशीले एक विकेट लिए। यसअघि टस हारेर पहिला ब्याटिङ गर्ने निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा सवै विकेटको क्षतिमा दुई सय ८६ रन बनाएको थियो ।

नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ९६ रन बनाए । उनले ७५ बलमा आठ चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाएका हुन् । ओपनर अनिल शाहले ५६ र आसिफ शेखले ५२ रन बनाए। आरफि शेखले ३७, दीपेन्द्रसिंह ऐरीले १३ र कुशल भुर्तेलले ११ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बलिङमा अमेरिकाका अमेरिका नोस्सुप केन्जिगेले चार विकेट लिए । हरमित सिंह, शाड्ली भान सालवेक र जसदीप सिंहले एक एक विकेट लिए। यससँगै लिग२ को नौ खेलमा सात हार, एक जित र एक खेल वर्षाका कारण एक एक अङ्क बाँडेको नेपाल तीन अङ्कसहित सातौँ स्थानमा छ । १० खेल सकेको खमेरिका १४ अङ्कसहित दोस्रो स्थानमा छ ।

अब नेपालले दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्डसँग, तेस्रो खेल कात्तिक १७ गते अमेरिकासँग र चौथो तथा अन्तिम खेल कात्तिक १९ गते स्कटल्यान्डसँग खेल्नेछ ।



प्रतिक्रिया दिनुहोस्