Logo

भारतबाट फर्किएलगत्तै गगन थापाले धनराज गुरुङ र ऋषिकेश पोखरेलमाथि अनुसन्धान गर्न माग गरे



काठमाडौं, १२ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी ठगी प्रकरणमा नाम मुछिएका आफ्नै पार्टीका उपसभापति धनराज गुरुङमाथि पनि अनुसन्धान गर्न सरकारसमक्ष आग्रह गरेका छन् । आज आयोजित राष्ट्र बैंक कर्मचारीहरुको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले नाम मुछिएका धनराज गुरुङ र एमालेका नेता ऋषिकेश पोखरेलमाथि पनि अनुसन्धान गर्न र गल्ती गरेको भए अभियोजन गर्नुपर्ने बताएका छन् । गल्ती गर्ने जो कोहीपनि भएपनि अनुसन्धानको दायरामा आउनुपर्ने थापाको भनाई छ ।

सम्बोधनको क्रममा उनले भने,‘पार्टीका एक जना नेता, उपसभापति माननीय धनराज गुरुङको संलग्नता सम्बन्धमा समितिमा छलफल भयो, बहस भयो, थप अनुसन्धान गर्नुपर्छ । म त सरकारलाई यहीँबाट अनुरोध गर्न चाहन्छु–बकैता अनुसन्धान गर्नुहोस । अनुसन्धान गर्नुपनि पर्छ । यो हामीले स्थापित गर्ने भन्ने कुरा, एमालेको ऋषिकेश पोखरेलजीको नाम आयो, गर्नुहोस अनुसन्धान । अनुसन्धान गर्नुहोस मात्रै होईन, यदि गल्ती गर्नुभएको छ भने अभियोजन गर्नुहोस । दण्डपनि दिनुहोस । यो देशमा के स्थापित गर्नुपर्नेछ भने कोही पनि मानिस, जुनपनि राजनीतिक दलको होस, कांग्रेस होस, एमाले होस, रास्वपा होस, राप्रपा होस, ठूलो होस, सानो होस, शक्तिहाली होस, पाँच पटक प्रधानमन्त्री बनेको मान्छे होस कि अहिलेको प्रधानमन्त्री होस कि भोलि प्रधानमन्त्री हुने मान्छे होस कि, जो सुकै होस, कानूनभन्दा माथि कोही छैन् ।’ file photo



प्रतिक्रिया दिनुहोस्