Logo

कांग्रेस सांसदले समितिमा गृहमन्त्री लेखकलाई सोधे : गिरिबन्धु जग्गा अनियमितताको अनुसन्धान कहाँ पुगेको छ ?



काठमाडौं, १२ कार्तिक । नेपाली कांग्रेसका सांसद हृदयराम थानीले कांग्रेस प्रतिपक्षमा हुँदा उठाईएको गिरिबन्धु जग्गा काण्डको अनुसन्धान कहाँ पुग्यो भनेर गृहमन्त्री रमेश लेखकलाई सोधेका छन् ।

आज (सोमबार) बसेको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा थानीले सरकारले गिरिबन्धुको काण्डको अनुसन्धान कहाँ पर्यायो भनेर सोधेका हुन् ।

उनले भने,‘भ्रष्टाचारका काण्ड उठेका छन् । गिरिबन्धु कहाँ पुगेको छ ? क्याटोन्मेट कहाँ पुगेको छ ? यति र ओम्नी कहाँ पुग्यो ?, यी प्रकरणमा सरकारले छानबिन गर्ने हो कि होईन ?’ Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्