Logo

९ खेलमध्ये ८ खेलमा पराजित नेपाल आज स्कटल्यान्डसँग खेल्दै



काठमाडौं, कार्तिक १३ । आईसीसी विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र स्कटल्यान्डबीच खेल हुँदैछ । आजको खेल नेपाली समय अनुसार राति ९ः१५ बजे सुरु हुनेछ।

अमेरिकामा जारी लिगमा-२ मा सम्पन्न ९ खेलमध्ये नेपालले ८ खेलमा हार ब्यहोरेको छ भने मात्र एक खेलमा विजय हात पारेको छ। गत फेब्रुअरीमा नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको नेपाल त्यसयता कुनै पनि खेलमा जित हासिल गर्न सकेको छैन । निराशाजनक प्रदर्शन गरिरहेको नेपाल अंकतालिकामा सातौँ स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्