Logo

प्रधानमन्त्री ओली उपनिर्वाचनको भोलिपल्टै चीन जाने तय



काठमाडौं, १३ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको मिति तय भएको छ । प्रधानमन्त्री ओलीनिकट उच्च स्रोतले दिएको जानकारीअनुसार उनी आगामी मंसिर १७ गते चीन जाने तय भएको हो । यसअघि चीन जाने भनिएपनि औपचारिक रुपमा मिति भनिएको थिएन ।

चिनियाँ राष्ट्रपति सी जिङपिङको औपचारिक निमन्त्रणा आएपछि प्रधानमन्त्री ओलीले एक साताअघि देखि नै भ्रमणको तयारी थालेका थिए । सो क्रममा उनले चीनसँग यसअघि भएका सहमति तथा सम्झौताअनुसार परियोजना कार्यान्वयनको बारेमा जानकारीसमेत लिएका थिए ।

प्रधानमन्त्री ओलीको भ्रमण चार दिनको हुनेछ । सो क्रममा उनले समकक्षीदेखि चिनियाँ राष्ट्रपति जिङपिङसम्म भेट गर्नेछन् । चीन भ्रमणको क्रममा उनले पोखरा विमानस्थलको ऋणलाई अनुदानमा परिणत गर्नेगरि गृहकार्य गरेको ओलीको सचिवालयको दाबी छ । file photo



प्रतिक्रिया दिनुहोस्