Logo

प्रधानमन्त्री ओलीले आज ५० हजार दर्शक क्षमताको फुटबल रंगशाला बनाउने घोषणा गर्ने



काठमाडौं, १४ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ ६ः३० बजे हुने नेपाल र बंगलादेशको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनल हेर्न दशरथ रंगशाला जाने भएका छन् । प्रमुख अतिथिको रुपमा रंगशाला जानुअघि उनले आज साँझ खेल समापन समारोहमा बोल्ने भाषणको पनि तयारी गरेका छन् ।

जसमा उनले ५० हजार दर्शक क्षमताको फुटबल स्टेडियम बनाउने घोषणा गर्ने बुझिएको छ। त्रिपुरेश्वरमा रहेको दशरथ स्टेडियमको कुल क्षमता नै १५ हजारको हो । जसमा हालै भएको भारतसँगको सेमिफाईनल गेममा १८ हजारभन्दा बढि दर्शक पुगेको बताईन्छ ।

यसले दुर्घटना निम्तिने भन्दै आलोचना बनिरहेको छ। आज हुने फाईनल खेलमा पनि दर्शकले टिकट पाएका छैनन् । कतिपय विहानैदेखि लाईनमा बसेका थिए । यस्तो अवस्थामा फुटबलप्रतिको क्रेज देखेर प्रधानमन्त्री ओलीले काठमाडौं उपत्यकाभित्रै ५० हजार दर्शक क्षमताको स्टेडियम बनाउने घोषणा गर्न लागेका हुन् । file photo



प्रतिक्रिया दिनुहोस्