Logo

एमाले चन्द्रागिरी नगर कमिटी कार्यालय उदघाटन



काठमाडौं, कात्तिक १५ । नेकपा (एमाले) चन्द्रागिरी नगर कमिटीको कार्यालय उदघाटन गरिएको छ । एमाले स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठले कार्यालयको बिहीबार उदघाटन गरेका हुन्।

चन्द्रागिरी –१२ बलम्बु स्थित कार्यालय उदघाटन गर्दै स्थायी कमिटी सदस्य श्रेष्ठले अब एमाले चन्द्रागिरी नगरको १५ वटै वडाको काम सोही कार्यालयबाट हुने बताए। आगामी निर्वाचन मिसन ८४ मा एमालेलाई चन्द्रागिरीमा स्थापित गर्नेगरी काम गर्न उनले पार्टी नेता तथा कार्यकर्ताहरुलाई निर्देशनसमेत दिए।

एमाले चन्द्रागिरी नगर कमिटीका अध्यक्ष उत्तमबहादुर राउतको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी पोलिटव्यूरो सदस्य आनन्द पोखरेल, बागमती प्रदेश सांसद केशव पोखरेल, विन्दु श्रेष्ठ, एमालेका नेताहरु राजेश शाक्य, सन्तोष खड्का, हरिशरण थापा, बेलीमाया घले, लेमन श्रेष्ठ लगायतको सहभागिता थियो ।



प्रतिक्रिया दिनुहोस्