Logo

पर्सीदेखि भैरहवामा उडान सुरु गर्दै थाई एयर एसिया, उडान फुकुवा



काठमाडौं, कार्तिक १६ । काठमाडौंको तुलनामा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट धेरै उडान गर्ने सर्तमा थाई एयर एसियाको उडान फुकुवा गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो उडान अनुमति सकिएको अवस्थामा जबर्जस्ती जहाज नेपाल ल्याएर आएसँगै सो कम्पनीलाई थप उडानमा रोक लगाएको थियो ।

थाई एयर एसियाले यसअघि प्राधिकरणसँग भैरहवामा चार र काठमाडौंमा तीन उडान गर्ने प्रतिवद्धता जनाएको थियो । सोही अनुसार कार्तिक १८ गतेदेखि भैरहवामा उडान गर्ने शर्तमा सो कम्पनीमाथिको प्रतिवन्ध फुकुवा गरिएको प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता हंसराज पाण्डेले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्