Logo

प्रहरी महानिरीक्षक कुँवर बेलायत प्रस्थान



काठमाडौं, कात्तिक १८ । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर इन्टरपोलको ९२ औँ महासभामा सहभागी हुन संयुक्त राज्य बेलायत प्रस्थान गरेका छन् । राष्ट्रिय केन्द्रीय ब्यूरो इन्टरपोल महासचिवालयको आयोजनामा संयुक्त राज्य बेलायतको ग्लास्गोमा कात्तिक १९ देखि २२ गतेसम्म संचालन हुने उक्त महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर आज बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।

राष्ट्रिय केन्द्रीय ब्यूरो नेपालका प्रमुख समेत रहेका प्रहरी महानिरीक्षक कुँवरसँग महासभामा सहभागी हुन सशस्त्र प्रहरी नायव महानिरीक्षक अन्जनी कुमार पोखरेल र इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक कोमल शाह समेत त्यसतर्फ प्रस्थान गरेका छन्।



प्रतिक्रिया दिनुहोस्