Logo

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव, यी प्रदेशमा आज पानी पर्ने



काठमाडौं, कार्तिक २० । हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । उक्त प्रभावका कारण देशभरको मौसममा आंशिक देखि साधारणतया बदली रहि पहाडी भू-भागका एक दुइ स्थानमा हल्का बर्षा भइरहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी प्रदेश लगायत बाग्मती प्रदेश र सुदुरपश्चिम प्रदेश देशका पहाडी भू-भागका थोरै र बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार देशका उच्च पहाडी तथा हिमाली भू‍-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, आज राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । बागमती प्रदेशका र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्