Logo

छठ पर्वले राष्ट्रिय एकताको भावना बलियो बनाउने विश्वास छ : पूर्वमन्त्री डा. महतो



काठमाडौं, २२ कार्तिक । जनता समाजवादी पार्टीका प्रमुख सचेतक एवम् पूर्वमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले छठ पर्वले नेपाली समाजलाई एकताको सूत्रमा बाँध्न मद्दत गर्ने विश्वास दिलाएका छन् ।

छठ पर्वको शुभकामना दिने क्रममा पूर्वमन्त्री महतोले छठ पर्वले भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त नृेपाली समाजमा आपसी एकता, सद्‍भाव र बन्धुत्वको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने बताएका छन् । उनले मुलुकलाई समृद्धिको दिशामा अघि बढाउनको लागि पनि छठ पर्वबाट मिल्ने विश्वास दिलाएका छन् ।

महतोको शुभकामनामा भनिएको छ,‘सम्पूर्ण पृथ्वीलाई समान रूपले शक्ति, ताप र प्रकाश दिने सूर्यको पूजा र आराधना गरी कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म नदी, तालतलैया वा पोखरीको किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अर्घ्य दिएर यो चाड मनाइन्छ । यस पर्वले हाम्रो समाजमा विद्यमान सबै प्रकारका सामाजिक विभेद र विसंगतिहरूलाई अन्त्य गर्दै समतामुलक एवं सु-संस्कृत समाजको निर्माणका लागि हामी सबैलाई प्रेरणा मिल्ने अपेक्षा सहित पुनः छठ पर्वको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’ file photo



प्रतिक्रिया दिनुहोस्