Logo

अमेरिकाले आगामी एक सय वर्षसम्मपनि महिला नेतृत्व पाउँदैन् : प्रा.डा. सुरेन्द्र केसी



काठमाडौं, २२ कार्तिक । राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले आगामी एक सय वर्षसम्मपनि अमेरिकाले महिला नेतृत्व नपाउने दाबी गरेका छन् । उनले अमेरिकी समाज नै पुरुषवादी चिन्तनबाट ग्रसित रहेको टिप्पणी गरे ।

आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा ‘अमेरिकाको ४७औं राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएसँगै नेपालको राजनीतिक, आर्थिक, कुटनीतिक क्षेत्रमा पर्नसक्ने प्रभावका बारेमा’ आयोजित विशेष साक्षात्कारमा बोल्दै उनले भने,‘अमेरिकी जनताले यसपालि पनि महिलालाई नेतृत्वमा रुचाएनन् । त्यहाँ अहिलेपनि पुरुषवादी चिन्तन छ । आउने एक सय वर्षपनि महिला नेतृत्व आउने सम्भावना छैन् । अमेरिकी समाज महिलाप्रति पूर्वाग्रही छ । रवि लामिछानेको दृष्टान्त बनाउने हो भने ट्रम्पले जेल जानुपर्छ । ५० वर्षदेखि अमेरिकामा बसेको एकजनाले मलाई टेक्स्ट गरेको छ, कि ट्रम्पमात्रै यस्तो राष्ट्रपति हो, जसले आज के गर्छ, भोलि गर्छ भन्ने थाहा हुँदैन । सन् २०२५ विश्वको लागि डिस्ट्रक्भि हुनेछ ।’

उनले भने,‘यो पाँच वर्ष विश्वभरि ५ लाख मानिसको हताताी भयो । युक्रेनबाट २ करोड मानिस विस्थापित भएका छन् । युक्रेन ध्वस्त (रुईन) भैसकेको छ । त्यहाँका मानिस अन्त्यै स्थापित भैसके । रुस–युक्रेनको यो युद्ध निरन्तर हुने हो भने युरोपले धान्न सक्दैन् भन्ने मनोविज्ञान छ । इजरायलको मात्रै कुरा गर्ने हो भन ४० हजारभन्दा बढि प्यालेस्निाटाईनका नागरिकको ज्यान गएको छ । त्यसमा पनि ७० प्रतिशतभन्दा बढि महिला र बालबालिकाको ज्यान गएको छ ।’

उनले राष्ट्रपतमिा निर्वाचित ट्रम्पले भोलि चिनियाँ उत्पादनलाई बन्द गरौं भनेपनि अमेरिकी उपभोक्ताले त्यो गर्न नदिने अवस्था सुनाए । रसियामाथि युक्रेनको नाममा घेराबन्दी गरेर उसलाई समाप्त पार्छु भन्ने हिसाब ल्याईएपछि रुसले ८० भन्दा बढि मुलुकलाई आफ्नो पकडमा ल्याईसकेको केसीको दाबी छ । उनले भने,‘अहिले मोदीपनि बाध्य भएरु रुससँग नजिक हुनुभयो ।’



प्रतिक्रिया दिनुहोस्