काठमाडौं, कार्तिक २३ । सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीशको आज संसदीय सुनुवाइ सुरु भएको छ। सर्वोच्चका लागि सिफारिस न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको सुनुवाइ गर्न समितिको सभाहलमा जारी संसदीय सुनुवाइ समितिको बैठक अहिले जारी रहेको छ ।
प्रस्तावित दुई न्यायाधीशमध्ये निरौलाविरुद्ध संसदीय सुनुवाइ समितिमा दुईवटा उजुरी परेका छन्। समिति सभापति ईश्वरी न्यौपाने भने लामो समयदेखि विदेशमा रहेकी छन्।