Logo

भैरहवामा पहिलो पटक अवतरण हुँदै फ्लाई दुबई, जजिरा भरिभराउ



काठमाडौं, कार्तिक २४ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरवेजले पुनः उडान सुरु गरेको छ । नियमित रुपमा हरेक शनिबार, मंगलबार र बिहीबार उडान गर्नेगरी आजदेखि उडान गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चैत १८ गतेसम्म (राति १० बजेदेखि बिहान ८ बजेसम्म ) बन्द हुने भएपछि जजिराले भैरहवाबाट उडान सुरु गरेको हो । उक्त जहाजले पूरै सिट क्षमतामा यात्रु ल्याएको र फर्किंदा पनि सिट पूरा भएको विमानस्थ्ल कार्यालयले जनाएको छ । विमानले कुबेतबाट १७१ जना यात्रु ल्याएको र भैरहवाबाट फर्किंदा १६८ जना यात्रु बोकेर फर्किनेछ ।

यसअघि २०७९ जेठ २ मा विमानस्थल सञ्चालनमा आएसँगै उक्त विमानस्थलमा पहिलो उडान गरेको जजिराले बीचमा विभिन्न कारण देखाउँदै उडान स्थगन गरेको थियो। जजिराले हिउँदमा भिजिविलिटिका कारण भैरहवामा उडान बन्द गरेको थियो ।

आज यो विमानस्थलमा जजिरासहित तीन विमान कम्पनीले उडान भर्दैछन् । । आज नेपाल वायुसेवा निगम र फ्लाई दुबई अन्तर्राष्ट्रिय उडान गर्न लागको हुन् । नेपाल एयरलाइन्स र जजिरा एयरले पुनः उडान गर्न लागेका हुन् भने फ्लाई दुबईले पहिलोपटक गौतमबुद्ध विमानस्थलमा उडान गर्न लागेको हो ।



प्रतिक्रिया दिनुहोस्