काठमाडौं, कार्तिक २४ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेललाई भ्रातृशोक परेको छ। शंकरका दाजु देवी पोखरेलको ७४ वर्षको उमेरमा शुक्रबार राति दाङमा निधन भएको हो।
उनी लामो समयदेखि मिर्गौलाको समस्याले पीडित रहेका थिए। नेकपा (एमाले)का केन्द्रीय सल्लाहकार रहेका स्व. पोखरेल विभिन्न सामाजिक संघसंस्थामा आबद्ध थिए। उनका श्रीमती, दुई छोरा र एक छोरी छन्। उनको आजै दिउँसो अन्त्येष्टि गरिदैछ ।