काठमाडौं, २४ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले फेरि देश दौडाह सुरु गरेका छन् । आज उनी मकवानपुरको टिस्टुङ पुगेका छन् ।
थाहा नगरपालिकामा आयोजित युवा संगठनको सम्मेलनलाई सम्बोधनको लागि उनी त्यहाँ पुगेका हुन् । त्यसअघि अध्यक्ष प्रचण्डलाई चित्लाङ र बज्रबाराहीका स्थानीयले सयपत्रीको माला लगाएर भव्य स्वागत गरेका थिए ।
तस्विर सौजन्य : गंगा दाहाल/फेशबुक