Logo

सरकारले तत्काल हवाई भाडा घटाउनुपर्छ : प्रेमलाल महर्जन



काठमाडौं, २४ कार्तिक । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले हवाई भाडादर घटाउनको लागि सरकारले गम्भीर पहल चाल्नुपर्ने बताएका छन् । नेपालमा जहिल्यैपनि उपभोक्तामात्रै मारमा परेको दृष्टान्त पेश गर्दै सरकारलाई सबैले घच्घचाउनुपर्ने उनको भनाई छ ।

उनले भने,‘नेपाल अचम्मको देश हो । कहीँ कतै केही भयो भने बुरुक्क उफ्रिएर भाउ बढाउन व्यवसायी आउँछन् । हिजो अस्तिसम्म हामी किरानाको खासगरी थोक बस्तुको कुरा गर्दथ्यौं । आज हवाई भाडाको कुरा आयो । हालै बाढि, पहिरोको कारण आन्तरिक सडकमार्ग अवरुद्ध हुँदा नेपालका आन्तरिक उडान महँगो भयो । एयरलाईन्सहरुले ४ हजारमा पाउने टिकटलाई १० हजार पुर्याए । सबैल भोगेको कुरा हो । मैले पनि भोगेको कुरा हो । त्यतिवेला हवाई यात्रा बाध्यता थियो । त्यतिवेला पनि हामीले प्रधानमन्त्रीलाई असोज २१ गते उजुरी हाल्यौं ।’

उनले अहिले देखिएको हवाई भाडादर महँगो बनाईएको विषयमा सरकारले तत्कालै कदम चालेर भाडा घटाउन माग गरे ।



प्रतिक्रिया दिनुहोस्