काठमाडौं, कार्तिक २५ । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दैछ । पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा दिउँसो ३ बजे बस्ने बैठकमा आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको तयारी, पछिल्लो राजनीति घटनाक्रम लगायत समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने जनाइएको छ ।
सचिव दिनानाथ शर्माका अनुसार बैठकमा आगामी उपनिर्वाचनमा विपक्षमा रहेका दलहरुबीच तालमेल गर्ने/नगर्ने विषयमा पनि छलफल हुँदैछ । माओवादी केन्द्रले केन्द्रीय समितिको बैठक उपनिर्वाचन पछि बस्ने भन्दै तत्कालकालागि पदाधिकारी बैठक बोलाएको हो।
सचिव दिनानाथ शर्माका अनुसार बैठकमा आगामी उपनिर्वाचनमा विपक्षमा रहेका दलहरुबीच तालमेल गर्ने/नगर्ने विषयमा पनि छलफल हुँदैछ ।