Logo

माओवादी केन्द्रको पदाधिकारी बैठक : स्थानीय चुनावलगायत एजेन्डामा छलफल जारी



काठमाडौं, कार्तिक २६ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक सुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा जारी बैठकमा समसामयिक राजनीति, स्थानीय चुनाव, पार्टीले चलाउने जनअभियानलगायतका विषयमा छलफल भइरहेको जनाइएको छ ।

बैठकमा आगामी मंसिर १६ गते हुने उपनिर्वाचन, केन्द्रीय समिति बोलाउने, सबै स्थानीय तहमा खबरदारी सभा गर्नेबारे मुख्य रुपमा छलफल हुने जनाइएको छ । बैठकमा पार्टीलाई देशैभरी परिचालन गर्ने विषयमा पनि छलफल हुँदैछ ।

यसअघि हिजो आइतबारका लागि बोलाइएको बैठक अध्यक्षको व्यस्तताको कारण स्थगित भएको थियो । अध्यक्ष मकवानपुरको कार्यक्रममा सहभागी भएका कारण हिजोको बैठक आजका लागि सारिएको हो ।



प्रतिक्रिया दिनुहोस्