Logo

कोप-२९ मा सहभागी हुन पूर्वमन्त्री डा. महतो बाकु प्रस्थान



काठमाडौं, २६ कार्तिक । जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक एवम् पूर्व वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतो कोप-२९ मा सहभागी हुन अजरबैजान प्रस्थान गरेका छन् । बाकुमा आजदेखि जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप–२९) हुँदैछ।

सो सम्मेलनमा सहभागी हुनको लागि पूर्वमन्त्री महतो आज विहान त्यसतर्फ प्रस्थान् गरेको महतोको सहयोगी रुकेश साहले जानकारी दिए । सम्मेलनमा नेपालबाट उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भाग लिन राष्ट्रपति रामचन्द्र पौडेल हिजो नै त्यसतर्फ प्रस्थान् गरिसकेका छन् ।

राष्ट्रपति पौडेलले उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलनका क्रममा नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन कार्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन गर्नेछ । सम्मेलनमा नेपालको आफ्नै पेभेलियन राख्ने काम भने महतोको पालामा भएको थियो । सम्मेलन आजबाट सुरु भएर आगामी मंसिर ७ गतेसम्म चल्नेछ ।



प्रतिक्रिया दिनुहोस्