Logo

मन्त्रिपरिषद्को लिखित निर्णय आएपछि के गर्ने भनेर भन्छु : कुलमान घिसिङ



काठमाडौं, २६ कार्तिक । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत बक्यौता विवादबारे हिजोको मन्त्रिपरिषद्ले गरेको निर्णय आफूकहाँ आइएनसकेको प्रतिक्रिया दिएका छन् ।

पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा उनले डेडिकेटेड र ट्रंक लाइन विवादका सम्बन्धमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय प्राधिकरणमा आएपछि के गर्ने भन्नेबारे निर्णय गरिने प्रतिक्रिया दिए ।

उनले भने,”क्याविनेटको निर्णय पहिला आउनुपर्यो, अहिलेसम्म आईपुगेको छैन् । मिडियामार्फत थाहा पाएको हुँ । त्यो निर्णय अब लिखितमा मन्त्रालयमा आएपछि म आफ्नो काम गर्छु । अहिले निर्णय नै आईपुगेको छैन् ।” file photo



प्रतिक्रिया दिनुहोस्