Logo

माओवादीको केन्द्रीय कमिटी बैठक पुष २ गते बस्ने निर्णय



काठमाडौं, २६ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले पार्टीको केन्द्रीय समिति बैठक पुष २ गते बोलाउने निर्णय गरेको छ । आज (सोमबार) अध्यक्ष पुष्पकमल दाहालको खुमलटारस्थित् निवासमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय लिएको उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

यस्तै, आगामी मंसिर मसान्तमा पालिका सम्मेलनगर्ने र सबै पालिकामा सरकारविरुद्ध खबरदारी सभा गर्ने निर्णय गरिएकोपनि सापकोटाले जनाए ।

बैठकले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा प्रदेशले टुंग्याएको उम्मेदवारहरूलाई अनुमोदन गर्ने निर्णय गरेको छ । सो निर्णयबारे प्रकाश पार्दै सापकोटाले भने,‘सबै उम्मेदवारहरूलाई जिताउन नेता कार्यकर्ताहरूलाई एकताबद्ध र प्रतिबद्ध भएर लाग्नका लागि अपिल पनि गर्ने निर्णय भएको छ ।’ file photo



प्रतिक्रिया दिनुहोस्