काठमाडौं, २६ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले मुलुकको आर्थिक सुधार हुँदै गएको स्पष्ट पारेका छन् । सरकारले संविधान संशोधनका लागि छलफल चलाएको पनि उनको दाबी छ । आज (सोमबार) विराटनगर विमानस्थलमा मिडियाकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
उनले आफूले सरकारको नेतृत्व सम्हालेपछि आर्थिक अवस्थामा पनि सुधार आएको दाबी गरे । उनी धरानमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएका हुन् । file photo