Logo

मन्त्रिपरिषद् निर्णय कार्यान्वयन गर्नुपर्छ : मनोज सिलवाल



काठमाडौं, २६ कार्तिक । नेपाल विद्युत प्राधिकरणका ग्राहक तथा वितरण सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गरिनुपर्ने बताएका छन् । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक भएपछिपनि प्राधिकरणले उद्योगको काटिएका लाईन जोडेको छैन् ।

प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले मन्त्रिपरिषद्को निर्णयको लिखित निर्णय प्राप्त नभएकोले थप प्रतिक्रिया नदिने बताएका थिए । तर, सिलवालले भने मन्त्रिपरिषद्को निर्णय आएकाले अब प्राधिकरणले कार्यान्वयन गर्नुपर्ने बाध्यता रहेको सुनाए । सरकारले आज दिउँसो १२ बजेम्म काटिएका उद्योगमा लाईन जोड्न भनिसकेको छ ।

तर, अहिले ४ बज्न लाग्दासमेत उद्योगमा लाईन जोडिएको छैन् । विद्युत् महसुल विवादका लागि गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरिसकेको छ । तर, सो निर्णय अहिलेसम्म मन्त्रालयमा नपुगेको बताईन्छ । मन्त्रालयमा आएपछिमात्रै सो निर्णय प्राधिकरणमा पुग्ने बताईएको छ ।



प्रतिक्रिया दिनुहोस्