काठमाण्डौं, कार्तिक २७। आजदेखि कतार एयरवेजले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान गर्ने भएको छ । विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार कतारबाट आएको जहाज आज दिउँसो साढे तीन बजे भैरहवामा अवतरण हुँदैछ । यो जहाज भैरहवाबाट यात्रु लिएर साढे चार बजे काठमाण्डौं हुँदै दोहो उड्नेछ । जहाज दोहाका लागि भने काठमाण्डौंबाट बेलुका ६ बजे ५५ मिनेटमा उड्नेछ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले मङ्सिर १५ गतेसम्मको लागि कतारको उडान तालिका स्वीकृत गरेको छ । त्रिभुवन विमानस्थलमा दैनिक चार वटा उडान गर्दै आएको कतार एयरवेजले विमानस्थल स्तरोन्नतिका लागि दैनिक १० घण्टा बन्द भएपछि हाल दैनिक दुई वटा उडान गरिरहेको छ । भैरहवाबाट यसअघि थाई एअर एशिया, फ्लाई दुबई, जजिरा र नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गरिरहेका छन् ।