
काठमाडौं, २८ कार्तिक । कलाकार श्रीकृष्ण सिम्खडाको नयाँ गीत ‘कहिले घाँस कहिले दाउरा’ सार्वजनिक भएको छ । सिम्खडाको शब्द, रचना तथा स्वर रहेको गीतमा संगित पनि सिम्खडाले भरेका हुन् ।गीतको कम्पोज सञ्जय खड्गीले गरेका हुन् । सिम्खडा हाँस्य विद्यामा चर्चित कलाकार हुन् ।
उनी पछिल्लो समय गायन क्षेत्रमा पनि सक्रिय छन् । यसअघि उनले ‘हारेर हेर जिन्दगीमा’ बोलको गीत ल्याएका थिए । उक्त गीतलाई दर्शक तथा श्रोताले अत्यधिक रुचाएका थिए ।