Logo

केपी ओलीको यो सरकारले देशको इमेज नै ध्वस्त गर्यो, उहाँलाई कुनै देशले पनि भाउ दिएनन् : प्रभु साह (भिडिओसहित)



काठमाडौं, २८ कार्तिक । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अहिले देशमा संघीयता नभएको दाबी गरेका छन् । उनले अहिलेको दलतन्त्रले देशमा संघीयताको मूल मर्म नै मारिएको आरोप लगाएका छन् । आज विहान प्राइम टिभीबाट प्रसारण भएको ‘प्राइम सम्वाद’ कार्यक्रममा पत्रकार कृष्ण मल्लसँगको कुराकानीमा उनले यस्तो टिप्पणी गरेका हुन् ।

साहले नेपालमा कांग्रेस र एमाले नेतृत्वको वर्तमान सरकार बनेपछि देशको इमेज नै ध्वस्त भएको गम्भीर आरोप लगाए । उनले भने,‘यो सरकार बनेपछि अन्तर्राष्ट्रिय समूदायमा हाम्रो ईज्जत घटेको छ । कुनै देशले पनि भाउ दिएका छैनन् । सरकारको जुन वेट हुनुपर्दथ्यो, अस्ति जुन संयुक्त राष्ट्रसंघमा हेर्नुभयो प्रधानमन्त्रीलाई, नेपाली जनताले घृणा गरेको, विदेशीले भाउ नदिएको, अनि आँफै भेट्न खोज्दापनि मेरो देशमा आउ भनेर एक शब्दपनि भनेनन् । केपी ओलीलाई अमेरिका, भारत र चीन कसैले पनि भाउ दिएको छैन् । उहाँ अहिले चाईना चाईना भन्दै हुनुहुन्छ, चीन भनिराख्नुभएको छ । तर, उहाँको आँखा इण्डियामा छ । उहाँको ईन्ट्रेष्ट ईण्डियामा छ ।’

उनले अहिलेको सरकारलाई नेपाली जनताको सरकार भन्न नमिल्ने टिप्पणी गरे । उनले यो सरकारको रिमोट नै विदेशीको हातमा रहेको गम्भीर आरोप लगाए । उनले केपी ओलीको सरकार नेपालको राष्ट्रियता नै बेच्न उद्धत रहेको गम्भीर आरोप लगाए । उनले अहिलेको सरकारले नेपाली जनताको पक्ष लिन नसक्ने दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्