काठमाडौं, २९ कार्तिक । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अन्तर्राष्ट्रिउ हवाई उडानमा भाडा मनपरी वृद्धि गरिएको भन्दै विरोध गरेका छन् । उनले सरकारले भाडादर नियन्त्रण गर्नुको साटो उल्टै जनतालाई भ्रमित पार्ने गरिरहेको आरोप लगाएका छन् । साहले केपी शर्मा ओलीको वर्तमान सरकार कमिशनको चक्करमा परेको र सरकारको कुकर्मको कारण विदेश जान नेपाली श्रमिकहरु अहिले ठूलो आर्थिक मारमा परेको दाबी गरेका छन् ।
साहले फेशबुकमार्फत लेखेका छन्–
अन्तराष्ट्रिय उड़ानको हवाई भाड़ामा भएको मनपरी वृद्धिलाई सरकारले नियन्त्रण गर्नुको सट्टा अल्टै जनतालाई भ्रमित गरिरहेको छ । कमिशनको चक्करमा जे पनि गर्ने ओली सरकारको कुकर्मले आज बिदेश जाने नेपाली श्रमिकहरू ठुलो आर्थिक मारमा परेकाछन । हिजो नेपालबाट दिल्लीको उड़ान गर्दा १२-१४ हजार लागने हवाई भाड़ा आज ६०-६५ हजार भएकोछ, कतारको ३०-३५ हजारबाट एक लाख भएकोछ, दुबईको ३५-४० हजारबाट १ लाख १५-२० हजार पुगेकोछ । यसरी नेपालमा जे पनि गर्ने छुटले अराजकता एवं अन्यौलता बढ़दैछ । सरकारको गैर जिम्मेवार भुमिकाले सिंगै पर्यटन क्षेत्र अस्तव्यस्त भई रहेको सन्दर्भमा हवाई भाड़ामा भएको मनपरी वृद्धले अर्थतन्त्रमा ठुलो नकारात्मक असर पर्ने पक्का छ । यसर्थ हवाई भाड़ामा भएको मनपरी वृद्धि रोकन सरकारी निकायको अस्वाभाविक भुमिकाको विरोध गरौं, हवाई भाड़ा घटाउन चौतर्फ़ी दवाव सृजना गरौं ।