Logo

अमेरिकी विशेष दूत एबी फिनकेनाउर नेपालमा



काठमाडौं, २९ कार्तिक । युवा मामिलासम्बन्धी अमेरिकी विशेष दूत एबी फिनकेनाउर काठमाडौं आएकी छिन् । नेपालस्थित् अमेरिकी दूतावासले जनाएअनुसार उनको मुख्य भूमिका युवाहरूको आवाजलाई प्रबल बनाउनु र उनीहरूसँग अर्थपूर्ण सम्बन्धहरू स्थापना गर्नु हो । उनको भूमिकाले लोकतन्त्रको प्रवर्धन र प्रगतिको लागि मार्ग प्रशस्त गर्ने दूतावासले विश्वास व्यक्त गरेको छ ।

विशेष दूत फिनकेनाउरले नेपाल भ्रमणको क्रममा नेपाली युवा नेतृत्वकर्तासँग भेटघाट गर्ने र लोकतन्त्र र नागरिक संलग्नता प्रवर्द्धन गर्ने युवा केन्द्रित कार्यक्रमहरूमा सहभागि हुने जनाईएको छ । उनको यो भ्रमणले अन्तर्राष्ट्रिय सम्बन्धहरूलाई प्रगाढ बनाउनका साथै युवाहरूलाई लोकतान्त्रिक भविष्य र समृद्ध नेपाल निर्माणका लागि मद्दत गर्न सहयोग गर्नेपनि दूतावासले विश्वास लिएको छ ।



प्रतिक्रिया दिनुहोस्