Logo

उत्तर प्रदेशको झाँसीमा मेडिकल कलेजमा आगलागी हुँदा १० बालबालिकाको मृत्यु



काठमाडौं, मंसिर १ । भारतको उत्तर प्रदेश झाँसीस्थित महारानी लक्ष्मीबाई मेडिकल कलेजमा भीषण आगलागी हुँदा १० बालबालिकाको मृत्यु भएको छ।

शुक्रबार राति महारानी लक्ष्मीबाई मेडिकल कलेजको नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू) मा विद्युत सर्ट भएर आगलागीमा भएको हो । घटनाको समयमा एनआईसीयूमा ५० भन्दा बढी बालबालिका भर्ना रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । घटनामा केहि बालकाललिका घाइते रहेको जनाईको छ । घाइते बालकालिकाहरुको उपचार जारी छ ।

उत्तरप्रदेश सरकारले मृतकका परिवारलाइ ५–५ लाख सहयोग दिने घोषणा गरेको छ भने घाइतेका परिवारलाई ५०–५० हजार दिने घोषणा गरेको छ । घटनाबार प्रहरीले अनुसन्धान सुरु गरेको छ ।



प्रतिक्रिया दिनुहोस्