Logo

आज कालीमाटीमा कुन तरकारीको मूल्य कति?



काठमाडौं, मंसिर १ । आज कालीमाटी फलफूल तथा तरकारी बजारमा कुरिलो, च्याउ, गोलभेँडा, काउली, गाँजर लगायतका तरकारीको मूल्य बढेको छ।

कालीमाटीमा आज पनि सबैभन्दा सस्तो स्कुसको मूल्य प्रतिकिलो १७ रुपैयाँ मात्रै छ भने सबैभन्दा महँगो कुरिलो एक हजार ५० रुपैयाँ किलोको रहेको छ।

कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ९५, सानो लोकल गोलभेँडा ७२, रातो आलु ७५, भारतीय रातो आलु ७२, सेतो आलु ६३, सुकेको भारतीय प्याज ६३, लोकल गाँजर १४५, तराईको गाँजर १२५, तराईको बन्दा ४५, स्थानीय काउली ९५ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरी लाम्चो भन्टा ३५, तने बोडी १२५, मकै बोडी ५५, करेला ११०, फर्सी ३५, भिन्डी ८५, स्कुस १७, तोरी र रायोको साग ५५, चम्सुरको साग ११०, कन्य च्याउ २१३, डल्ले च्याउ २७६, कुरिलो १०५०, ब्रोकाउली १४० रुपैयाँ प्रतिकिलो छ। यो सबै औसत मूल्य हो।

कालीमाटीमा हिजो टनेलको गोलभेँडाको मूल्य आज ८९ र सानो लोकल गोलभेँडाको मूल्य आज ५८ रुपैयाँ थियो भने रातो आलु ७५, भारतीय रातो आलु ६५, सुकेको भारतीय प्याज १२२, स्थानीय काउली ९५, तराईको काउली ८५, हरियो फर्सी ३५ रुपैयाँ प्रतिकिलो थियो।

त्यसैगरी स्कुस १७, रायो, तोरी र पालुंगोको साग ५५, कन्य च्याउ २४०, डल्ले च्याउ २७६, कुरिलो १०००, ब्रोकाउली १४५ रुपैयाँ प्रतिकिलो थियो।



प्रतिक्रिया दिनुहोस्