काठमाडौं, १ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको सक्रियता बढेको छ । काठमाडौंमा यही मंसिर ७ गते विरोध प्रदर्शन गर्दैछन् । त्यसको तयारीस्वरुप उनले विभिन्न जिल्लामा कार्यक्रम गरिरहेका छन् ।
हालै उनले मधेश प्रदेशको रौतहटमा भव्य कार्यक्रम सम्पन्न गरिसकेका छन् । आज भने उनी लुम्बिनी प्रदेशतर्फ लागेका छन् । साथमा उनको अभियानका गतिविधि संकलन तथा सम्प्रेषण गरिरहने पत्रकार प्रकाशचन्द्र दाहाललगात छन् ।