Logo

प्रचण्डलाई आफ्नो भनाई फिर्ता लिन र माफी माग्न रघुवीर महासेठको आग्रह



काठमाडौं, १ मंसिर । नेकपा (एमाले) का सचिव तथा विदेश विभाग प्रमुख रघुवीर महासेठले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको सन्दर्भमा दिएको अभिव्यक्ति फिर्ता लिन आग्रह गरेका छन् ।

महासेठले आज (शनिबार) एक विज्ञप्ती जारी गर्दै दाहालको उक्त अभिव्यक्तिले नेपालको अन्तर्राष्टिय छविमाथि असर पुगेको भनेका छन् । उनले दाहालको अभिव्यक्तिलाई निराधार भनेका छन् । प्रचण्डले हालै भारतीय अखबार “द हिन्दुु” को लागि पत्रकार सुहासिनी हैदरलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले चीन भ्रमणमा गएर चिनियाँ कार्ड खेल्न लागेको कमेन्ट गरेका थिए ।

दाहालको उक्त अभिव्यक्तिलाई एमालेको तर्फबाट आज विदेश विभाग प्रमुख महासेठले विज्ञप्ती नै जारी गरेर भत्र्सना गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्