Logo

मेरा मित्र दमननाथ ढुंगानाको निधनको खबरले अत्यन्त दुःखी छु : प्रधानमन्त्री ओली



काठमाडौं, २ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व सभामुख दमननाथ ढुंगानाको निधनको खबरले अत्यन्त दुःखी भएको बताएका छन् । प्रधानमन्त्री ओलीले नेपालमा मानवअधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवद्र्धनमा ढुंगानाको योगदानलाई पनि सम्झिएका छन् ।

प्रधानमन्त्री ओलीले फेशबुक पेजमा लेखेका छन्–

२०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएपछि निर्वाचित पहिलो प्रतिनिधिसभाका सभामुख, मेरा मित्र दमननाथ ढुङ्गानाको निधनको खबरले अत्यन्त दुःखी छु। नेपालमा मानव अधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवर्द्धनमा उहाँको योगदान सम्झिरहेको छु । दिवंगत मित्र दमननाथ ढुङ्गानाप्रति हार्दिक श्रद्धाञ्जली, शोकमा रहनु भएका परिवारजनमा गहिरो समवेदना १



प्रतिक्रिया दिनुहोस्