Logo

रौतहट गढीमाई नगरपालिका वडा-८ अध्यक्षमा कांग्रेसको तर्फबाट सुवोध यादवको उम्मेद्वारी दर्ता



रौतहट, २ मंसिर । यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि रौतहटको गढीमाई नगरपालिकाको वडा नम्बर ८ को अध्यक्ष पदको लागि नेपाली कांग्रेसले उम्मेद्वारी दर्ता गराएको छ ।

कांग्रेसको तर्फबाट अध्यक्ष पदमा सुबोध कुमार यादवले आज आफ्नो मनोनयन दर्ता गराएको कांग्रेस मधेश प्रदेशका नेता नितेश कुमार गुप्ताले जानकारी दिए । गुप्ताकाअनुसार यादवको उम्मेद्वारी दर्ताको लागि जिल्लाका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति थियो ।



प्रतिक्रिया दिनुहोस्