काठमाडौं, २ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्व सभामुख दमननाथ ढुंगानाको निधनको खबरले दुःखी बनाएको बताएका छन् । उनले ढुंगानाले नेपाल र नेपाली जनताले देशको राजनीतिक तथा सामाजिक परिवर्तनमा पुर्याएको योगदानलाई सदैव सम्झिरहने पनि उल्लेख गरेका छन् ।
दाहालले फेशबुकमा लेखेका छन्–
नेपालको लोकतान्त्रिक आन्दोलनका महत्त्वपूर्ण व्यक्तित्व, पूर्व सभामुख, मानव अधिकार तथा नागरिक आन्दोलनका अगुवा आदरणीय दमननाथ ढुंगानाको निधनको खबरले दुःखी बनाएको छ।
नेपाल र नेपाली जनताले देशको राजनैतिक, तथा सामाजिक परिवर्तनमा उहाँले पुर्याएको योगदानलाई सदैव सम्झिरहनेछन।
उहाँप्रति भावपूर्ण श्रध्दान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।