Logo

तोलामा ११ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो?



काठमाडौं, मंसिर ४ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर १ हजार ९ सय ५५ रुपैयाँ पुगेको छ । सोमबार चाँदी १ हजार ९ सय २० रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस्