काठमाडौं, ४ मंसिर । पूर्वमन्त्री एवम् सांसद एकनाथ ढकालले मित्रराष्ट्र गणतन्त्र फिलिपिन्सका सभामुख फेर्डिनाण्ड मार्टिन जी रोमुअल्देज़संग शिष्टाचार भेट गरेका छन्। भेटमा नेपाल र फिलिपिन्सको द्विपक्षीय हित तथा पारस्परिक सम्बन्ध थप मजबुत बनाउनेबारे छलफल भएको सांसद ढकालको सचिवालयले जनाएको छ।
उनीहरुको भेट केन्द्रवादी लोकतान्त्रिक पार्टीहरुको अन्तर्राष्ट्रिय सम्मेलनको अबसरमा भएको जनाईएको छ । नेपाल र फिलिपिन्सबीच सन् १९६० मा कुटनैतिक सम्बन्ध सथापना भएको हो। भेटमा फिलिपिनो राजदुत पनि सहभागी थिर्इन। सभामुख फेर्डिनाण्ड फिलिपिन्सको सत्तापक्षीय पार्टी लकासको नेता हुन् भने पूर्व मन्त्रि ढकाल नेपाल परिवार दलको संस्थापक हुन्।