काठमाडौं, ४ मंसिर । मन्त्रिपरिषद्को आजको लागि बोलाईएको बैठक स्थगन् भएको छ ।
आज साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भनिएको बैठक आकस्मिक रुपमा स्थगित भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली कांग्रेस नेताहरुसँगको छलफलमा बस्नु परेकोले आजको बैठक स्थगित् भएको बताईन्छ ।
अर्को बैठक बिहीबार बस्ने खानेपानीमन्त्री प्रदीप यादवले जानकारी दिए ।