काठमाडौं, मंसिर ५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज पनि बस्दै छ। सभापति रवि लामिछाने सहकारीको बचत रकम अपचलन आरोपमा पक्राउ परेपछि त्यसको विरोधमा आन्दोलन गरिरहेको रास्वपाले दोस्रो चरणको आन्दोलनको स्वरुप लगायतको विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएको हो।
यसअघि मंगलबार साँझ बसेको बैठकले ठोस निर्णय गर्न नसकेपछि आज पुनः बैठक बस्न लागेको हो। बैठक दिउँसो ३ बजे पार्टी कार्यालय वनस्थलीमा बस्न लागेको हो । आजको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, उपनिर्वाचन तयारीलगायत पार्टीको दोस्रो चरणको कार्यक्रमबारे ठोस निर्णय लिने विषयमा छलफल हुने जनाइएको छ ।