काठमाडौं, मंसिर ५ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६३ हजार रुपैयाँमा कारोबार भईरहेको छ। मंगलबार छापावाला सुन प्रतितोला १ लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।