काठमाडौं, ५ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल गोरखा पुगेका छन् । उनी आज आफ्नो निर्वाचन क्षेत्रमा पुगेर स्थानीयहरुसँग अन्तरक्रिया गर्ने बताईएको छ । गोरखा जानुअघि दाहालले विस्तृत शान्ति सम्झौता नेपालमा संविधानसभा, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्रको आधारशिला भएको बताएका थिए ।
तत्कालीन नेपाल सरकार र माओवादीबीच शान्ति सम्झौता भएको १८ वर्ष पुरा भएको अवसरमा दाहालले भिडिओ सन्देश जारी गर्दै यस्तो बताएका थिए । उनले जनअपेक्षा अनुसार सुशासन, विकास र समृद्धिको पक्षमा लाग्न पनि आह्वान गरेका छन् ।