काठमाडौं, ७ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व गृहमन्त्री विमलेन्द्र निधिले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा बीआरआईमा हस्ताक्षर नगर्ने बताएका छन् । उनले बीआरआईबारे पहिले प्रतिनिधिसभामा छलफल हुनुपर्ने माग गरे ।
यसअघि कांग्रेसका नेताहरु शेखर कोइराला, अर्जुननरसिंह केसी, शेखर कोइरालालगायतले बीआरआईबारे पहिले सदनमा छलफल हुनुपर्ने अडान राखेका थिए । अहिले निधिले पनि त्यही कुरा दोहोर्याएका छन् । आज (शुक्रबार) जनकपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले हिजोको क्याविनेट बैठकमा आफ्नो चीन भ्रमणको क्रममा बीआरआईमा कुनै हस्ताक्षर नहुने स्पष्ट पारिसकेका छन् । कतिपयले बीआरआईकै कारण सत्तामा संकट आएपछि प्रधानमन्त्री ओली एक कदम पछि हटेको भनेर पनि चर्चा गरिरहेका छन् ।
अहिले कांग्रेसका प्रभावशाली नेताहरु नै बीआरआई अनुदान वा ऋणभन्दापनि उक्त आयोजनाबारे पहिले सदनमा छलफल गर्नुपर्ने पक्षमा उभिएका छन् । यसअघि एमसिसीको विषयमा पनि सदनमा छलफल भएको थियो । बीआरआई सदनमा छलफल गर्नुपर्ने मत शेखरको हो । र, त्यो मत अहिले कांग्रेसभित्र बलियो बन्दै गएको छ । file photo