Logo

मुक्तिनाथ पुगे भारतका स्थल सेनाध्यक्ष द्विवेदी



काठमाडौँ, ८ मङ्सिर । नेपालको औपचारिक भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी शनिबार मुक्तिनाथ मन्दिर पुगेका छन् । उनले मुस्ताङस्थित मुक्तिनाथ मन्दिरको भ्रमण र त्यहाँ पूजा–अर्चना गरेका नेपाली सेनाले जनाएको छ ।

शनिबारै उनले कास्कीको पोखरास्थित पश्चिम पृतना हेडक्वार्टरको भ्रमण गरे । उनलाई पृतनापति उपरथी सन्तोषबल्लभ पौडेलले पश्चिम पृतनामा स्वागत गरेका जनसम्पर्क तथा सूचना निर्देशनालय जंगीअड्डाले जानकारी गराएको छ ।



प्रतिक्रिया दिनुहोस्