काठमाडौं, मंसिर ९ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ। शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ६५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मुल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । महासंघको अनुसार आज चाँदी प्रतितोला १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १ हजार ९ सय ४० रुपैँयामा कारोबार भएको थियो ।