Logo

चीन भ्रमणका विषयमा छलफल गर्न प्रधानमन्त्रीले बोलाए बैठक



काठमाडौं, मंसिर १० । प्रधानमन्त्री केपी शर्मा ओलीले आज चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने परामर्श बैठकमा पूर्व प्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरु र परराष्ट्र मन्त्रालयसँग छलफल हुन लागेको हो ।

प्रधानमन्त्री ओलीले मंसिर १७ देखि चीन भ्रमण गर्ने तयारी गरेका छन् । कार्यक्रम अनुसार मंसिर १८ गते उनले चिनियाँ राष्ट्रपति सि जिनपिङ र आफ्ना चिनियाँ समकक्षीसँग वार्ता गर्नेछन् । १९ गते उनले चीनको बेइजिङस्थित नेपाली दूताबासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन् । त्यसदिन प्रधानमन्त्री ओलीले नेपाल र चिनियाँ उद्योगी व्यवसायीहरुको संयुक्त कार्यक्रम बिजनेस समिटलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री मंसिर २० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस्